म्याग्दे गाउँपालिकाले स्थानीय गान निर्माण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाले स्थानीय गान निर्माण गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले स्थानीय गान निर्माण गर्ने भएको छ । यसअघि लोगो बनाइसकेको गाउँपालिका अब स्थानीय गान निर्माणमा अगाडी बढेको हो ।

    गाउँपालिकाको मौलिकता झल्कने गरी स्थानीय गान निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यसका लागि गाउँपालिकाले लेख रचना उपलब्ध गराउन आग्रह गरेको छ ।

    स्थानीय, जिल्ला, प्रदेश, तथा राष्ट्रिय स्तरका वुद्धिजिवी तथा लेखक, साहित्यकार, रचनाकार, शिक्षाविद् लगायत सबै सरोकारवाला मार्फत् गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, भेषभूषा तथा रहनसहन, प्राकृतिक, वातावरणीय, वातावरणीय, जैविक, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक अवस्था समेटिने गरी स्थानीय गान निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

    बढीमा ६० शब्द नकट्ने तथा अधिकतम १४ हरफमा नबढ्ने गरी स्थानीय गानको लेख रचना उपलब्ध गराउन आग्रह गरिएको छ । छनोट हुने उत्कृष्ट लेख रचनालाई रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।