एकै घरका चार बिरामीलाई लायन्स खैरेनीटारको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकै घरका चार बिरामीलाई लायन्स खैरेनीटारको सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमौली । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले एकैघरका चार जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । खैरेनीटार बस्ने तिल बहादुर कुमाल सहितका बिरामीका लागि क्लवले आर्थिक सहयोग गरेको हो ।

    क्लवका अध्यक्ष प्रमोद लामिछानेको नेतृत्वमा शनिबार घरमै पुगी पीडितलाई रु १२ हजार नौ सय २५ हस्तान्तरण गरिएको छ ।

    पीडित परिवारका बारेमा सञ्चारमाध्यमबाट जानकारी पाएपछि क्लवका सदस्यहरुबाट रकम संकलन गरी सहयोग गरिएको उनले जानकारी दिए ।