संस्कृति संरक्षणका लागि तनहुँमा मौलिक कौरा प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संस्कृति संरक्षणका लागि तनहुँमा मौलिक कौरा प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८०, आईतवार

    दमाैली । नयाँ वर्ष २०८१ को अवसरमा तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा मौलिक खुल्ला कौरा प्रतियोगिता हुने भएको छ ।

    मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा वैशाख १ गते मौलिक कौरा प्रतियोगिता हुन लागेको हो । मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको संरक्षण गरी गाउँ पर्यटन प्रर्बद्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जनमा अभिवृद्धि गर्ने

    उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र सान्त्वना दुई समूहले रु दश÷दश हजार नगद पुरस्कार प्राप्त गर्नेछ । समूहमा घटिमा १५ र बढिमा २० जना हुनुपर्ने नियम रहेको छ ।

    उक्त कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गााियका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको प्रतियोगिताका सह–संयोजक हर्कबहादुर रानाले जानकारी दिए ।

    मगर लाफा भिलेजका साथै मिछुर्लुङ साँस्कृतिक समूहको सह–आयोजनामा हुने उक्त प्रतियोगितामा १५ समूहको सहभागिता रहने अनुमान गरिएको छ । मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिछुर्लुङको विशेषता हो ।