१२ औ आदर्श तथा सातौ तारा स्मृति कपको खेल तालिका सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    १२ औ आदर्श तथा सातौ तारा स्मृति कपको खेल तालिका सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८०, सोमबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा चैत २० देखि सुरु हुने १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

    सोमबार लक्की ड्र गरेर आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष अक्षय कायस्थले जानकारी दिए ।

    प्रतियोगितामा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । क्लवले विगत २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा बाह्र वर्षसम्म अनवरत रुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमूना क्लवमात्रै रहेको दावी गरिएको छ।