दमौली । तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा केही समयदेखि देखिएको आठ फिट लामो अजिङ्गरको सोमबार उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा उक्त अजिङ्गरको उद्धार गरिएको हो ।
उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिएको स्थानीयवासी मेघनाथ आचार्यले जानकारी दिए । अजिङ्गर उद्धार गरी डिभिजन वन कार्यालय ल्याइएको छ ।