चैतभित्र दमाैली खण्डकाे संरचना हटाएर सहयोग गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चैतभित्र दमाैली खण्डकाे संरचना हटाएर सहयोग गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८०, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारमा चैत महिनाभित्र घरटहरा भत्काएर सहयोग गरिदिन आग्रह गरेको छ । केही घरधनीहरु सम्पर्कमा नआएका, केही घरधनीहरुले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैत महिनाभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले साेमबार विज्ञप्ती जारी गरी केही महिनापछि वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तीव्रता दिइ शहरको सौन्दर्यता र धुलाले वातावरणमा पु¥याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरुलाई यही महिनाभित्र आयोजनामा सम्पर्क गरी मुआब्जा रकम बुझिदिन आग्रह गरेका छन् ।

    उनले भने, “मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ ।”

    दमौली बजार अन्तर्गत वडा नम्बर २ र ४ का केही घरहरुले सडक अधकार क्षेत्रका संरचनाहरु हटाइ सहयोग गरेकामा नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।