दमाैली । नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को शीर्ष दश स्थानमा पर्नका लागि तनहुँको भानु नगरपालिका–१० का युवा विनायक पन्त प्रयासमा छन् । त्यसका लागि सोमबार प्रशारण भएको १७ औं एपिसोडमा उनलाई वाइल्ड कार्ड प्रस्तुतीका लागि मौका दिइएको छ । उक्त एपिसोडमा पन्तले चङ्गा चुँडिएको शीर्षकमा कविता प्रस्तुत गरेका थिए ।
वाइल्ड कार्ड प्रस्तुतिका लागि अवसर पाएकामा खुसी व्यक्त गर्दै पन्तले भने, ‘यो मेरो कविता र प्रस्तुती अब्बल छ भनेर पोइट आइडलको दोस्रो सिजनमा पाएको अन्तिम अवसर हो । मेरो प्रस्तुती र कविता मात्रै नभइ दर्शकको न्यानो माया र भोटको पनि उत्तिकै महत्व हुन्छ ।’
यो राउण्डबाट छनोट भए पन्तले सिधै उत्कृष्ट दशमा आफ्नो स्थान बनाउनेछन् । त्यसका लागि अत्याधिक भोटको खाँचो रहेको उनी बताउँछन् ।
पन्तलाई भोट गर्न प्ले स्टोर अथवा एप स्टोरमा गएर OSR connect app डाउनलोड गरेर एपमार्फत् भोट गर्न सकिनेछ । भोटिङ लाइन मंगलबार राति १० बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म खुल्नेछ ।
भोट गर्नका लागि
E–sewa/khalti id : 9866054993
को हुन् विनायक ?
भानु-१० मा जन्मिएका पन्त पेशाले इन्जिनियर हुन् । गाउँकै सरकारी विद्यालयमा एसएलसी अध्ययन पूरा गरेका उनले भोटेओडारस्थित भक्ति नमूना माविमा १०+२ र स्नातक त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल कलेज अफ इन्जिनियिरिङ सातदोबाटेबाट पूरा गरेका थिए ।
पढाइसकेपछि लेखन यात्रा चलिरहेको कारण साहित्यको धरातल र ईतिहास जान्नै पर्छ भन्ने आवश्यकता देखे पछि उनी हाल त्रीचन्द्र क्याम्पसमा नेपाली साहित्य र मानवशास्त्र मा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् ।
कार्यक्रमको यात्राबारे के भन्छन् विनायक ?
हुन त म पहिल्यै स्कुल लेभलबाटै लेख्दै आएको हो। कविता कथा गीत नाट्क लेख्ने र प्रस्तुतिहरू पनि दिन्थेँ। अध्ययन चलिरहँदा पनि मलाई साहित्य र कलाले तानी रहन्थ्यो। म त आफ्नै पेसामा ब्यस्त थिएँ। कविताको रियालिटि सो आउँदै छ भन्ने थाह पाए पछि उत्साहित नहुने कुरै भएन। अडिसन दिउँ न त भन्ने लागेर पोएट आइडलमा अडिसन दिन गएँ। सबैले मन पराइदिनु भयो। त्यसकै कारण टप १४ मा पर्न पनि सफल भएँ। यात्रा चलिरहेकै थियो, तर भोट को अभावका कारण छिट्टै णै यात्रामा ब्रेक लाग्यो। अहिले फेरि WilD Card मार्फत् बोलाउनु भएको छ। सायद मेरो लेखन र प्रस्तुती अब्बल भएरै त होला जस्तो लाग्छ। अब यात्रा निरन्तर चल्नको लागि भने भोटकै आवश्यकता पर्दछ। यहाँहरूको अथाह भोट को अपेक्षा गरेको छु।
के हो द पोइट आइडल ?
अमनप्रताप अधिकारीको निर्देशन रहेको यो पोइट आइडल कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो हो । शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । शोको निर्णायकमा अभिनेता अनुप बराल, उपेन्द्र सुब्बा, अभिनेत्री केकी अधिकारी र विप्लव प्रतिक छन् ।