पृथ्वीराजमार्गको मुसेखोलामा जमिन भासियो, यातायात सञ्चालनमा कठिनाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको मुसेखोलामा जमिन भासियो, यातायात सञ्चालनमा कठिनाइ

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८०, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा सडकमाथिको जमिन भासिदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माणाधीन पृथ्वीराजमार्गको विस्तारका क्रममा आज सडकभन्दा अन्दाजी एक सय मिटरमाथिको जमिन भासिएको हो ।

    जमिन भासिएसँगै यातायात सञ्चालनमा कठिनाइ भएको छ । जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना भएकाले यहाँ उच्च सतर्कता अपनाइएको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने “जमिनमा ठूला चिरा परेकाले जोखिम बढेको छ । जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।”

    राजमार्गमा यातायात सञ्चालनका लागि वैकल्पिक बाटो बनाइएपनि राजमार्गमा सवारीको चाप नघटेको उनले बताए । उनले भने “दमौली हुँदै डुम्रेतर्फ जाने सवारीसाधनका लागि तालघरेबाट रानीगाउँ हुँदै घाँसीकुवा निस्कने भित्री सडकखण्ड प्रयोग गर्न आग्रह गरिएको छ । तरपनि सवारीको चापले गर्दा जाम भएको छ ।”

    जिल्ला प्रहरी कार्यालयले जमिन भासिएर ढुङ्गा झर्ने क्रम नरोकिएले वैकल्पिक मार्ग हुँदै सवारी साधन सञ्चालनका लागि आयोजनासँग समन्वय गरेकाे बताएकाे छ ।