राष्ट्रपति भएपछि पौडेल चार पटक गृहजिल्लामा, वैशाख ३ मा पनि आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति भएपछि पौडेल चार पटक गृहजिल्लामा, वैशाख ३ मा पनि आउने

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८०, शुक्रबार

    दमाैली । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल चार पटक गृहजिल्ला आएका छन् । जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पौडेल पछिल्लो सात महिनाको अवधिमा चार पटक गृहजिल्ला तनहुँ आएका हुन् ।

    पौडेल पहिलो पटक गत असोज ६ गते जिल्लासभागृहको उद्घाटनका लागि दमौली आएका थिए । त्यसपछि पौडेल गत पुस २० गते भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रमको उद्घाटनका लागि आएका थिए ।

    तेस्रो पटक गत चैत १७ गते देवघाट र भरतपुर जोड्ने त्रिशुली नदीको पुल उद्घाटनका लागि आएका पौडेल चौथो पटक चैत २३ गते भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको वार्षिकोत्सव एवं भवन उद्घाटनका लागि आएका छन् ।

    राष्ट्रपति पौडेल आगामी वैशाख ३ गते पुनः गृहजिल्ला आउँदैछन् । म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्काली मन्दिरको उद्घाटनका लागि पौडेल आउन लागेका हुन् ।

    म्याग्दे गाउँपालिकाले भवन उद्घाटनको तयारी थालिसकेको छ । तनहुँसुरस्थित खड्काली मन्दिरको उद्घाटनका लागि पनि तयारी थालिएको छ । त्यसका लागि व्यास नगरपालिकाले सरोकारवालाको बैठक राखी उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको छ ।