करणी अभियोगमा आँबुखैरेनीका युवालाई साढे सात वर्ष कैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करणी अभियोगमा आँबुखैरेनीका युवालाई साढे सात वर्ष कैद

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८०, शुक्रबार

    दमाैली । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी अभियोगमा एक अभियुक्तलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको हो ।

    साथै निजलाई रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार पौडेलले खबरपुञ्जलाई जानकारी दिए पौडेलका अनुसार निजलाई तीन महिना कैद र रु ३० हजार जरिवानाको फैसला थप भएको छ । त्यस्तै पीडितलाई रु ५० हजार क्षतिपूर्ति र राहत कोषमा रु ११ हजार दुई सय भराउने फैसला भएको छ । युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभियुक्तविरुद्ध विसं २०७८ फागुन २० गते अदालतमा मुद्दा दर्ता भएको थियो ।