तनहुँको पुलजीपमा बस ठोक्किदा पॉच घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको पुलजीपमा बस ठोक्किदा पॉच घाइते

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८०, शनिबार

    दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-४ पुलजिपमा दुई वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।

    काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३–०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका–४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङले जानकारी दिएका छन् ।