सुनको मूल्य १ लाख ३५ हजार पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य १ लाख ३५ हजार पुग्यो

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८०, आईतवार

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा  कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।