घरायसी विवादमा श्रीमतीको हत्या गर्ने विरुद्ध दश दिन म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरायसी विवादमा श्रीमतीको हत्या गर्ने विरुद्ध दश दिन म्याद थप

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८०, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ साँगे निवासी ३६ वर्षीय सुनमाया कुमालको हत्या गरेको अभियोमा श्रीमान् विरुद्ध दश दिनको म्याद थप गरिएको छ । सोही ठाउँ बस्ने ३५ वर्षीय जितबहादुर कुमाल विरुद्ध प्रहरीले आइतबार ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।

    जितबहादुरले शनिबार साँझ धारिलो हतियार प्रहार गरी सुनमायाको हत्या गरेका थिए । घटनालगत्तै जितबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो ।

    घरायसी कुरामा विवाद हुँदा जितबहादुरले घरमा रहेको धारिलो हतियार दाउले सुनमायालाई पटक–पटक प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट निजहरुबीच घरायसी कुरामा विवाद हुँदा घटना भएको खुलेको प्रहरी नायब उपरिक्षक रायले बताए।