क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन दमौलीमा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन दमौलीमा सुरु

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमौली । क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन व्यासभूमि तनहुँको दमौलीमा सुरु भएको छ । महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।

    आइतबारदेखि सुरु महाधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष प्रा. दिलबहादुर क्षेत्रीले क्षेत्री समुदायबीच सदैव एकता आवश्यक रहेको बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्षेत्री समुदायको हितका लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताए ।

    क्षेत्री महिला समाजका केन्द्रीय महासचिव विमला भण्डारीले नेपालका हरेक आन्दोलन र परिवर्तनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गरिन् ।

    सोमबारसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई धार्मिक पर्यटकीयस्थल व्यासगुफा, छाब्दीवाराही, मानुङकोटको भ्रमण गराइने क्षेत्री समाज तनहुँका उपाध्यक्ष प्रेमबहादुर राउतले जानकारी दिए ।