आँबुखैरेनी मर्स्याङ्दी ड्याममा माेटरबाेट सञ्चालनकाे तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी मर्स्याङ्दी ड्याममा माेटरबाेट सञ्चालनकाे तयारी

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमाैली । आँबुखैरेनी गाउँपालिका-२ स्थित मर्स्याङ्दी ड्याममा माेटरबाेट सञ्चालनकाे तयारी गरिएकाे छ । गाउँपालिकाले वैशाख २ गतेदेखि ड्याममा माेटरबाेट सञ्चालन गर्न लागेकाे हाे ।

    उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतकाे उपस्थितिमा माेटरबाेटकाे शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रबद्र्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ । चुमानले भने, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेहरुलाई यस ठाउँमा रोक्न सकिन्छ ।”

    मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए ।