दमौलीमा मनाइयो इदउल फित्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा मनाइयो इदउल फित्र

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, बिहीबार

    दमौली । एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज दमौलीमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो ।

    मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

    ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।