व्यास नगरले मनायो ३२ औं स्थापना दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरले मनायो ३२ औं स्थापना दिवस

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८०, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिकाले ३२ आंै स्थापना दिवस मनाएको छ । विसं २०४८ साल चैत ३० गते स्थापना भएको नगरपालिकाले आज ३२ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नगरपालिकाले व्यास नगर दर्पण पुस्तक विमोचन गरेको छ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उक्त पुस्तकको विमोचन गरे ।

    स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखी योजना बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार, पूर्व सदस्य प्रकाश पन्थ, प्रदेश सभासदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले बोलेका थिए ।

    स्थापना दिवसका अवसरमा शिक्षकका तर्फबाट पाँच, कृषि तथा पशुपंक्षीपालक कृषकका तर्फबाट चार, कर्मचारीतर्फ छ, विद्यार्थीतर्फ नौ जनालाई सम्मान गरिएको थियो ।

    विसं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट तत्कालिन सरकारद्वारा २०४८ चैत ३० गते व्यास नगरपालिका स्थापना भएको थियो । तत्कालिन जिल्ला विकास समिति तनहुँको (हालको कृषि ज्ञान केन्द्रको कार्यालय पूर्वपट्टि) सानो टिनको छाना भएको भवनमा नगरपालिकाको कार्यालय चलेको थियो ।