एमाले उपमहासचिव भन्छन् : राजनीतिलाई सही काेर्षमा ल्याउन एमालेकाे भूमिका महत्वपूर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले उपमहासचिव भन्छन् : राजनीतिलाई सही काेर्षमा ल्याउन एमालेकाे भूमिका महत्वपूर्ण

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८०, शनिबार

    दमाैली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् । एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताए ।

    उपमहासचिव ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाइएको उल्लेख गरे । उनले भने, “विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो, तर त्यो सम्भव थिएन र भएन ।”

    एमाले जनताको प्रिय पार्टी भएकाले सिध्याउन सम्भव नभएको भन्दै उनले वर्तमान राजनीतिक कोर्षलाई सही दिशामा ल्याउन एमालेको भूमिका रहेको उल्लेख गरे । उनले भने “सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ । देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ ।”

    घेराबन्दीको बाबजुद पनि एमाले देशको प्रमुख शक्ति भएको हुँदा एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनकाे भनाइ थियाे ।