राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्ग कालिका मन्दिर उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्ग कालिका मन्दिर उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८१, सोमबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्ग कालिका मन्दिरको आज उद्घाटन गरेका छन् ।

    सप्ताहव्यापी विश्व सम्पदा दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।

    पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृहजिल्ला आइपुगेका थिए ।

    सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्ग कालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो ।