कांग्रेस तनहुँले घिमिरेको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँले घिमिरेको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८१, सोमबार

    दमौली । नेपाली कांग्रेस तनहुँले जिल्ला सदस्य अम्बिका घिमिरेको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । घिमिरेको निधनको शोकको पार्टी कार्यालयमा तीन दिन आधा झण्डा झुकाउने निर्णय भएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    त्यस्तै एक दिन कार्यालय बन्द र १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३ औं पुण्यतिथिको दिनमा शोक सभा आयोजना गर्ने निर्णय भएको छ ।

    बेलचौतारा निवासी घिमिरे पार्टीको शिक्षा शाखा प्रमुख थिए । लामो समयसम्म प्राध्यापन तथा शिक्षण पेशामा आबद्ध भई सामाजिक क्षेत्र र नेपाली काँग्रेस पार्टीका विभिन्न कार्यक्रम अभियान, लोकतान्त्रिक आन्दोलन र निर्वाचनमा सक्रिय रहि पुर्याएको योगदानप्रति पार्टीले सराहना गरेको छ ।

    ​​​​​​​​​​