पोइट आइडलको टप ८ मा छानिए तनहुँका विनायक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोइट आइडलको टप ८ मा छानिए तनहुँका विनायक

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८१, मंगलवार

    दमौली । पोइट आइडल सिजन २ को उत्कृष्ट आठमा तनहुँ भानुका विनायक पन्तले स्थान सुरक्षित गरेका छन् । सोमबार प्रशारण भएको एपिसोडमा बटम चारमा परेका पन्तले पुन: कविता प्रस्तुत गर्ने मौका सहित उत्कृष्ट आठमा स्थान बनाएका हुन् ।

    उत्कृष्ट दशमध्ये कम भोट प्राप्त गर्ने चारजनालाई ३० मिनेटमा ‘सॉचो’ शीर्षकमा कविता प्रस्तुत गर्ने मौका दिइएको थियो । उक्त मौकाको सदुपयोग गर्दै निर्णायकबाट बढी अकं प्राप्त गरी पन्त सहित अन्य एक जना प्रतियोगी उत्कृष्ट आठमा परेका छन् ।

    अब पन्तले उत्कृष्ठ आठसँग प्रतिस्पर्धा गर्नुपर्नो हुन्छ ।