बुल्दी चुँदीखोला सरसफाई अभियानमा सहयोग जुट्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दी चुँदीखोला सरसफाई अभियानमा सहयोग जुट्दै

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    दमाैली । दमौलीका युवा अभियान्ता सुदिप गफ्फारले सञ्चालन गर्न लागेको बुल्दी चुँदीखोला वृहत सरसफाई अभियानमा सहयोग जुट्न थालेको छ । उनको अभियानमा साथ दिन सहयोगीदाताहरुले सहयोग प्रदान गर्ने क्रम सुरु भएको छ ।

    सुदिपको अभियानका लागि तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष एवं रोयल प्यालेसका सञ्चालक कुमार मल्लले रु १५ हजार नगदका साथै मास्क, पञ्जा लगायत सहयोग गरेका छन् ।

    यसैगरी हेमा व्युटी पार्लरका सञ्चालिका शकुन्तला आलेले सुदिपको अभियानका लागि रु पाँच हजार सहयोग गरेकी छन् ।

    बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताए। बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन गरिनेछ ।

    धेरै फोहर सङ्कलन गर्नेमध्ये प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।