दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देमा नयॉ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट वर्ष २०२४/२५ का लागि नयॉ कार्यसमिति चयन भएको हो ।
क्लवका अध्यक्ष गौरवराज रानाका अनुसार वर्ष २०२४/२५ का लागि अध्यक्षमा पशुपति अर्याल चुनिएका छन् । एक सय प्रतिशत ‘यस भोट’ सहित क्लवमा नयॉ कार्यसमिति चयन गरिएको रानाले बताए ।
जसअनुसार प्रथम उपाध्यक्षमा सन्जिव घिमिरे, द्वितीय उपाध्यक्षमा पोष्टमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा तेजकुमारी श्रेष्ठ, सचिवमा सुदर्शन अधिकारी र कोषाध्यक्षमा नुक्त भुजेल चयन भएका छन् ।
कार्यक्रममा लायन्स क्लवका एडिसनल क्याविनेट सेक्रेटरी सुजित हिराचन, डिष्ट्रिक पिआरओ सुरेन्द्र अधिकारी, लायन्स क्लव अफ तनहुँ खैरेनीटारका अध्यक्ष प्रमोद लामिछाने लगायत सहभागी थिए ।