डढेलो नियन्त्रणका लागि समुदायस्तरमा सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डढेलो नियन्त्रणका लागि समुदायस्तरमा सचेतना

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, मंगलवार

    दमौली । बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लाभर डढेलोको प्रकोप बढ्दै गएकाले नियन्त्रणका लागि समुदायस्तरसम्म पुगेर सर्वसाधारणलाई सचेतना प्रदान गर्न थालिएको हो ।

    बन्दीपुर गाउँपालिकाले सोमबार पौवामा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । डढेलो लगाउने क्रम बढेकाले यसलाई नियन्त्रणका लागि स्थानीयवासी चनाखो बन्नुपर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । त्यसक्रममा उनले डढेलोेले पु¥याउने क्षति, नियन्त्रणमा स्थानीयले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराए ।

    सोही कार्यक्रममा नेपाली सेनाको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले हरियो वन नेपालको धन भन्ने भनाइलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउँदै वन्यजन्तु र रुखबिरुवाको माया गर्नुपर्ने उल्लेख गरे । इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक कमल पोख्रेलले डढेलोका बेला अपनाउनु पर्ने सावधानी र डढेलो लगाउनेलाई हुने कानुनी कारवाहीको व्यवस्थामा बारेमा जानकारी गराए ।

    उक्त वडाको थानीमाइमा डढेलोका कारण आठ सय बिरुवा नष्ट भएको स्थानीयवासी सनदकुमार श्रेष्ठले बताए । जिल्लामा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार हालसम्म २३ सामुदायिक वनमा डढेलो लागेको छ ।