श्रमिक दिवसमा इट्टा उद्योगका मजदुरका छोराछोरीलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    श्रमिक दिवसमा इट्टा उद्योगका मजदुरका छोराछोरीलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८१, बुधबार

    दमाैली । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तनहुँमा इट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ«े इट्टा उद्योगमा कार्यरत मजदुरका २६ जना विद्यालय जाने बालबालिकालाई बुधबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

    एकीकृत हरित विकास नेपालको आयोजना तथा अम्ब्रेला फाउण्डेसनको सहयोगमा उक्त उद्योगमा काम गर्ने कामदारका विद्यालय जाने बालबालिकाहरूलाई झोलासहित कपी, कलम, सिसाकलम, जोमेट्री बक्स, , पेन्सिल, क्यालकुलेटर, एटलस, कलर बक्स लगायतका सामग्री वितरण गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले बालबालिकाहरूका लागि दैनिक रुपमा आवश्यक पर्ने शैक्षिक सामग्रीले उनीहरूको पठनपाठनमा सहज हुने बताए।

    उद्योगका सञ्चालक हर्कबहादुर गुरुङले यस सामग्रीले बच्चाहरूलाई दैनिक रुपमा बुबाआमासँग शैक्षिक सामग्रीको लागि पैसा मागिरहनुपर्ने अवस्थाको अन्त्य गरेको बताए।

    संस्थाका अध्यक्ष कमलहरी जिसीले मजदुर दिवसको अवसर पारी विद्यार्थीहरूलाई कामदारका विद्यार्थीहरूलाई वितरण गर्ने गरी सामान उपलब्ध गराउने अम्ब्रेला फाउण्डेसनप्रति आभार व्यक्त गरे ।

    करिब ७० जना मजदुरले काम गर्ने उक्त उद्योगलाई बालश्रममुक्त उद्योगको रुपमा स्थापित भई श्रमिकमैत्री वातावरण समेत सञ्चालन गरेको भन्दै विभिन्न निकायहरुले श्रमिकका अधिकारका सबै मापदण्डहरू पूरा भएको प्रमाणपत्र वितरण गरिसकिएको छ ।

    आफूले प्राप्त गरेको सामग्रीले आफ्नो दैनिक रूपमा चाहिने शैक्षिक सामग्रीहरूको आवश्यकता पूरा भई पढाइमा सजिलो भएको विद्यार्थी एलिना थापाले बताइन् ।