दमौली । लियो क्लव अफ तनहुँको अध्यक्षमा सागर घिमिरे चयन भएका छन्। क्लवको बुधबार सम्पन्न वार्षिक साधारणसभाले वर्ष २०२४/२५ को अध्यक्षमा घिमिरेलाई चयन गरेको हो।
क्लवको प्रथम उपाध्यक्षमा रोविन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आकाश खनाल, तृतीय उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा मुकेश बिडारी र कोषाध्यक्षमा प्रकाश गुप्ता चयन भएको क्लवका पूर्व अध्यक्ष सुदिप गफ्फारले जानकारी दिए।
क्लवकी अध्यक्ष बसन्ती थापा मगरले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी एवं सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् ।