पाैडेलले तनहुँका १० विद्यालयलाई पुस्तकालय र्याक सहयाेग गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाैडेलले तनहुँका १० विद्यालयलाई पुस्तकालय र्याक सहयाेग गर्ने

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८१, बिहीबार

    दमाैली । युवानेता नवीनराज पौडेलले तनहॅुका उत्कृष्ट १० सामुदायिक विद्यालयलाई एक लाख पचास हजार बराबरको पुस्तकालय र्याक दिने घोषणा गरेका छन् । उनले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर यस्तो घोषणा गरेका हुन्।

    रिस्ती विकास समाजका अध्यक्ष समेत रहेका उनले संस्था मार्फत बिद्यालयलाई सहयोग गर्ने बताएका छन्।साथै उनले १,११,१११ को अक्षय कोष मार्फत वार्षिक ब्याज आम्दानीबाट एकजना श्रमजीवि पत्रकारलाई सम्मान गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन् । आगामी वर्षबाट पत्रकार सम्मान कार्यक्रम कार्यन्वयन गर्ने उनको योजना रहेको छ।

    पछिल्लो समय गृह जिल्ला तनहॅुमा सकृयता बढाएका पौडेल झन्डै तीन दशक पछि गाउॅ फर्केर घर पुनःनिर्माणमा समेत लागेका छन्। संचारकर्मसँगै राजनीतिमा लागेका उनी पद भन्दा पनी सेवामुखी भएर समाजसेवामा लाग्ने बताउॅछन् ।