गाजा सहित ऑबुखैरेनीमा तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाजा सहित ऑबुखैरेनीमा तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८१, बिहीबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपमा गाजा सहित तीन जना पक्राउ परेका छन् ।

    पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनी आउदै गरेका जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं. ३ बस्ने २० को सुमन वि.क., ऐ.ऐ. बस्ने वर्ष २० को पुजन वि.क. र ऐ.ऐ. बस्ने वर्ष २१ को विवेक वि.क. पक्राउ परेका हुन् ।

    लुकाई छिपाई ल्याएको अवस्थामा १ के.जी. २७० ग्राम अवैध लागु औषध गाँजा सहित निजहरुलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।