बढ्याे अण्डाकाे भाउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्याे अण्डाकाे भाउ

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८१, आईतवार

    काठमाडौं । पाँच दिनअघि भाउ घटरे उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको भाउ नेपाल लेयर्स कुखुरापालक संघले बढाएको हो ।

    संघ अध्यक्ष विनोद पोखरेलले अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको दाबी गरे । ‘अघिल्लो वर्ष योभन्दा धेरै बढी थियो, तर बीचमा लामो समय लागत मूल्यमै बेच्नुपर्‍यो । तर, अब फेरि मार्केट बढ्दा हाम्रो भेलाले तोकेर नै बढाएको हो ।’