व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, जेठ १ देखि प्लाष्टिक झोला निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, जेठ १ देखि प्लाष्टिक झोला निषेध

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८१, सोमबार

    दमौली । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्न प्लाष्टिकमुक्त अभियान कार्यविधि २०८१ पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

    आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियानलाई कडाईपूर्वक पालना गराउन उक्त कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

    नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्धेश्यका साथ प्लाष्टिकका झोला प्रयोग गर्न पूर्ण रुपमा निषेध गर्न लागिएको हो । नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए । नगरवासीहरुले सामान खरिद गर्दा कपडा, फाइवर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले आग्रह गरे ।

    यसैगरी कार्यपालिका बैठकले नगरको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अनुमानित आय र खर्च सीमा सम्बन्धमा पूर्व बजेट छलफल कार्यक्रमका लागि जेठ ७ गते नगरसभा कक्षमा सबै नगर सदस्य र सरोकारवालाहरु सहभागी बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।

    बैठकले व्यास नगरपालिका–५ मानुङकोट पर्यटकीय क्षेत्रको घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुल्ला गर्ने र निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानुङकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ