पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८१, बिहीबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।

    राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटीले बिहीबार ऐनापहरामा निर्माणाधीन उद्यानमा विभिन्न प्रजातिका फूल रोपेको हो । क्लवका उपाध्यक्ष नीरज श्रेष्ठले गाउँपालिकाले यस ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेको र उक्त अभियानमा आफूहरूले साथ दिएको बताए।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए। उनका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ ।

    उनले भने, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।” पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताए ।