बुल्दी खोलामा वृहत सरसफाई भोलि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बुल्दी खोलामा वृहत सरसफाई भोलि

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोलामा भोलि शनिबार वृहत सरसफाई अभियान हुँदैछ ।

    व्यास नगरपालिका–४ दमौली निवासी युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दीखोलामा वृहत सरसफाई अभियान गर्न लागिएको हो । कार्यक्रमको तयारी पूरा भएको उनले बताएका छन् । कार्यक्रमका लागि विभिन्न टोल विकास संस्था, संघसंस्था लगायतलाई निमन्त्रणा गरिसकिएको उनले जानकारी दिए ।

    बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताए । उनले भने, “भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाई अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।”

    बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन गरिनेछ । वृहत सरसफाई अभियानका क्रममा धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । धेरै फोहर सङ्कलन गर्नेमध्ये प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

    यसका लागि एउटा टोलीमा १५ जना सहभागी हुन सक्नेछन् । सरसफाई अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।