एमाले तनहुँ अधिवेशन : २३ सदस्य निर्विरोध निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : २३ सदस्य निर्विरोध निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८१, आईतवार

    दमौली । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौं अधिवेशन अन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया अनुसार २३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । आइतबार दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्वाचन कमिटीका संयोजक पदमप्रसाद लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भिमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भुगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै भुगोल व्यास नगरपालिकाबाट महिलातर्फ वेदकुमारी वाग्ले र सीता पाण्डे, भुगोल भिमाद नगरपालिकाबाट महिलातर्फ नानुमाया गैह्रे र गौमाया राना, भुगोल आँबुखैरेनी खुलाबाट इन्द्रमान परियार र कपिल खनाल, भुगोल आँबुखैरेनी महिलातर्फ भगवती खनाल, भुगोल बन्दीपुर खुलातर्फ सुरेन्द्रबहादुर थापा र किशोर प्रधान, भुगोल बन्दीपुर महिलातर्फ फूलमती थापा, भूगोल ऋषिङ खुल्लातर्फ गञ्जसिंह गुरुङ र पुननारायण विक, भुगोल ऋषिङ महिलातर्फ हुमादेवी रानाभाट, भुगोल घिरिङ महिलातर्फ राधादेवी अधिकारी, भुगोल देवघाट खुल्लातर्फ यालबहादुर गुरुङ र केशवचन्द्र न्यौपाने, भुगोल देवघाट महिलातर्फ जुलीमाया सारु मगर, भुोल म्याग्दे महिलातर्फ निर्मला वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध निर्वाचित भएका छन् ।

    अन्य पदहरुमा भने केहीबेरमा मतदानको तयारी गरिएको छ । निर्वाचनमा कूल पाँच सय ८७ मतदाता छन् ।

    जिल्ला अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुल्लामा खिमबहादुर कुमाल र आरके पोख्रेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा छन् ।