एमाले तनहुँ अधिवेशन : रातभर लाग्यो मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : रातभर लाग्यो मतदान

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८१, सोमबार

    दमौली । नेकपा एमाले तनहुँको जारी दशौ अधिवेशन अन्तर्गत मतदानका लागि रातभर समय लागेको छ । आइतबार राति ९ बजेदेखि सुरु भएको मतदान सोमबार बिहान ६:४० सम्म जारी छ ।

    बिहान ६:४० सम्म ४८२ जनाले मतदान गरिसकेका छन् । अधिवेशनमा ५८७ प्रतिनिधि छन् ।

    मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ । अधिवेशनमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल अध्यक्षमा प्रतिस्पर्धा छन् ।