एमाले तनहुँ अधिवेशन : निर्वाचन सकियो, ५६० मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : निर्वाचन सकियो, ५६० मत खस्यो

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८१, सोमबार

    दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन अन्तर्गत मतदान सकिएको छ । आइतबार राति ९ बजेबाट सुरु भएको मतदान सोमबार बिहान ८:३० मा सकिएको हो ।

    मतदानमा पॉच सय ६० मत खसेको छ । निर्वाचनमा पॉच सय ८५ मतदाता थिए । केही समयपछि मतगणनाको तयारी गरिएको छ ।

    निर्वाचनमा दुई पक्ष प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । अध्यक्षका लागि हरिराज कंडेल र विष्णुभक्त सिग्देल प्रतिस्पर्धामा थिए ।

    यसअघि २३ जिल्ला सदस्य र लेखा आयोगमा भने सर्वसम्मत भएको थियो ।