काठमाडौं । पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिइएकाे छ । गृह मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका उनले विभागकाे महानिर्देशककाे जिम्मेवारी पाएका हुन् । पण्डितले बिहीबारदेखि उक्त जिम्मेवारी सम्हाल्नेछन् ।
पण्डितलाई गृह मन्त्रालयले बुधबार विदाइ गरेकाे छ । पण्डित गृहमन्त्रालयमा रहँदा जुम्ला, सिरहा, तनहुँ, बारा, ललितपुरकाे प्रमुख जिल्ला अधिकारी भएका थिए ।