चुँदीखोलामा वृहत सरसफाइ अभियान (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदीखोलामा वृहत सरसफाइ अभियान (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८१, शनिबार

    दमाैली । तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–१ को सीमाना चुँदीखोला बग्छ । भानु नगरपालिकाको चुँदीबाट बगेर आउने उक्त खोला आजभोलि दिनप्रतिदिन प्रदूषित बन्दै गइरहेको छ ।

    बढ्दो शहरीकरणसँगै चुँदीखोला अतिक्रमणको चपेटामा त परेको छ नै फोहरबाट पनि उत्तिकै दुर्गन्धित भएको छ । भानु नगरपालिका–१ भन्सार र बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा रहेका खोलाछेउका व्यक्तिले जथाभाबी फोहर फालिँदिँदा चुँदीखोला खोला जस्तो छैन । चुँदीखोला डम्पिङ साइडको रुपमा परिणत भएको छ । चुँदीखोलाको पुलमुनि फोहरको डङ्गुर छ ।

    May be an image of 8 people and people climbing
    May be an image of 2 people

    चुँदीखोला प्रदूषित बन्दै गएपछि यसलाई सफा र स्वच्छ राख्ने उद्धेश्यसहित शनिबार वृहत सरसफाइ अभियान गरिएको छ । दमौलीका युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा भानु र बन्दीपुरका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यवसायी र सर्वसाधारणको सहभागितामा चुँदीखोलामा वृहत सरसफाइ गरिएको हो ।

    May be an image of 1 person and crowd
    May be an image of 7 peopleMay be an image of 6 people and text

    चुँदीखोलालाई सफा बनाउन र फोहर फाल्न हुँदैन भन्ने सचेतना जगाउन सबैको सहभागितामा वृहत सरसफाइ गरिएको युवा अभियान्ता गफ्फारले बताए। उनले भने, “खोलालाई खोलाकै रुपमा बग्न दिनुपर्दछ । तर खोला दिनप्रतिदिन डम्पिङ साइडको रुपमा परिणत हुन थालेको छ । यस्तो देख्दा मन दुख्छ ।”

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चुँदीखोला सरसफाइ अभियानले राम्रो सन्देश दिएको बताउँदै सामाजिक काममा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

    गत शनिबार व्यास नगरपालिका–२ दमौलीस्थित बुल्दीखोलामा पनि वृहत सरसफाइ अभियान गरिएको थियो । त्यसक्रममा सात हजार तीन सय किलो फोहर सङ्कलन भएको थियो ।