दमौली । व्यास नगरपालिका-३ मुख्यचोकस्थित सटरहरुमा भीषण आगलागी भएको छ। मुख्यचोकका व्यावसायिक सटरहरुमा आइतबार राति आगलागी भएको हो ।
आगलागी निभाउने प्रयास भइरहेको छ । व्यास नगरपालिका, मुग्लिन पोखरा सडक आयोजनाका दुई वटा दमकलले आगो निभाउने काम गरिरहेको छ ।
आगलागीको कारण खुलिसकेको छैन । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब १५/२० वटा सटरमा आगलागी भएको छ ।