दमौली मुख्यचोकका सटरमा आगलागी : तीन घण्टापछि नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली मुख्यचोकका सटरमा आगलागी : तीन घण्टापछि नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८१, सोमबार

    दमौली । व्यास नगरपालिका-३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा लागेको आगो तीन घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । सोमबार बिहान १२:४५ बजेबाट लागेको लागेको ३:४५ मा नियन्त्रणमा आएको हो।

    तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक आयोजना र व्यास नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

    विद्युत चुहिएर आगलागी भएको अनुमान छ । एउटा पसलबाट सल्किएको आगोका कारण अन्य पसलमा पनि क्षति पुगेको छ । सुरुमा व्यास नगरपालिकाको दमकलले मात्र आगो निभाउन ढिलाइ भएपछि थप पसलहरुमा आगो फैलिएको थियो ।

    जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २०/२५ वटा पसलमा आगलागीका कारण क्षति पुगेको छ । आइसक्रिम पसल, मोवाइल पसल, फलफूल पसल, मादक पदार्थ पसलमा आगलागी हुँदा करौडोको क्षति भएको छ ।