दमौली आगलागी : रास्वपा तनहुँद्वारा पीडितलाई क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली आगलागी : रास्वपा तनहुँद्वारा पीडितलाई क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८१, सोमबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले व्यास नगरपालिका-३ मुख्यचोकस्थित व्यावसायिक सटरमा भएको आगलागीका पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

    जिल्ला संयोजक विश्व बास्तोलाले सोमबार प्रेस विज्ञप्ती जारी गरी दुखद अवस्थामा करोडौँको क्षति हुन गएको र २२ परिवारको रोजीरोटी (व्यवसाय) नै समाप्त भएको हुँदा के-कसरी आगलागी भएको हो सो को सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।

    उनले तत्काल पीडितहरुलाई राहत उपलव्ध गराउन र व्यवसाय पुन स्थापनाको लागि तुरुन्त आवश्यक पहल गर्न जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग माग गरेका छन् ।

    विज्ञप्तीमा भनिएको छ, ‘जिल्लाको सदरमुकाम दमौली बजारमा तीन वर्ष पहिले भएको आगलागीका घटनाको पीडा सेलाउन नपाउँदै पुनः यति ठुलो क्षति हुनेगरी आगलागी हुन गएको छ । दुर्घटना आफैमा अचानक हुने भएतापनि विगतका दुर्घटनाबाट पाठ सिकेर क्षति न्युनिकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा सम्वन्धित निकायले पूर्व तयारी गर्न नसक्दाको परिणाम हिजोको दुर्घटनामा ठुलो क्षति हुन गएको अवस्था हो ।’