आगलागी पीडितलाई राहत र व्यवस्थापन गर्न माओवादी केन्द्रको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई राहत र व्यवस्थापन गर्न माओवादी केन्द्रको आग्रह

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८१, सोमबार

    दमौली । नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीले व्यास-३ मुख्यचोकमा रहेको सटरमा भएको आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

    नगर कमिटी अध्यक्ष रामचन्द्र सापकोटाले प्रेस विज्ञप्ती जारी गरी पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।

    यस घटनाको छानबिन गरी यथार्थ जानकारी सार्वजनिक गर्नको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दै घटनामा क्षती बेहोरेका व्यवसायीहरुको गहत, तत्कालीन व्यवस्थापन र क्षतीपूर्तीको व्यवस्था गरी व्यवसाय तत्कालै सञ्चालन गर्ने वातावरण निर्माण गर्नको लागि पनि हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

    विज्ञप्तीमा भनिएको छ, ‘दमौली बजारभित्र आगलागीका घटना पटक पटक दोहोरिरहेको यथार्थ हाम्रा सामु छलंदै छ । यस्तो अवस्थामा पनि नगरपालिकाले आगलागी नियन्त्रण र उद्धारको व्यवस्थित र प्रभावकारी तयारी गर्न नसक्नु विडम्बना हो । जिल्ला प्रहरी कार्यालयकै सामुन्नेमा भएको यो घटनामा सुरक्षा निकायवाट प्रभावकारी कदम वेलैमा चाल्न नसक्नु अर्को कमजोरी भएको महशुस भएको छ । यस्ता घटनाहरुवाट पाठ सिकेर आगामी दिनमा उपयुक्त व्यवस्था मिलाउन र यसको लागि योजना निर्माण गर्न हामी सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।’