व्यास नगरपालिकाले ताेक्याे वडास्तरका जनप्रतिनिधिकाे मर्यादाक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले ताेक्याे वडास्तरका जनप्रतिनिधिकाे मर्यादाक्रम

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८१, मंगलवार

    दमाैली । व्यास नगरपालिकाले वडास्तरका जनप्रतिनिधिकाे मर्यादाक्रम ताेकेका छ । व्यास नगरपालिका अन्तरगत वडा स्तरका जनप्रतिनिधीहरुको मर्यादाक्रम तोकिनु पर्ने माग एवं गुनासो रहदै आएकामा साेमबार बसेकाे कार्यपालिका बैठकले मर्यादाक्रम ताेक्ने निर्णय गरेकाे हाे ।

    जसअनुसार पहिलाे नम्बरमा वडा अध्यक्षलाई राखिएकाे छ । त्यसपछि क्रमश: सम्वन्धित वडाको कार्यपालिका सदस्य, दोश्रो पटक निर्वाचित वडा सदस्य, दोश्रो पटक निर्वाचित वडा सदस्य धेरै भएका उमेर जेष्ठताकाे आधारमा, नयाँ निर्वाचित सदस्यहरुमा ज्येष्ठताका आधारमा क्रमश रहने निर्णय भएकाे प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।