दमौली खानेपानीमा चार सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानीमा चार सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८१, मंगलवार

    दमौली । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार सदस्य मनोनित गरेको छ । संस्थाको सोमबार बसेको बैठकले चार जनालाई सदस्यमा मनोनित गरेको हो ।

    महर्षिटोलबाट एकराम श्रेष्ठ, वीरताटोलबाट नानुमाया बस्नेत मनोनित भएका छन् । त्यस्तै आमन्त्रित सदस्यमा बागभन्ज्याङका चिजबहादुर गुरुङ र पुल्चोकका हरिमाया विक मनोनित भएका छन् ।