चण्डिकाका विद्यार्थीलाई पूर्व विद्यार्थीको खेलकुद पोशाक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चण्डिकाका विद्यार्थीलाई पूर्व विद्यार्थीको खेलकुद पोशाक सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बुधबार

    दमौली । व्यास नगरपालिका-११ मूलपानीस्थित चण्डिका आधारभूत विद्यालयका विद्यार्थीलाई भूपु विद्यार्थीले खेलकुद पोशाक सहयोग गरेका छन् ।

    सशस्त्र प्रहरी निरीक्षक समेत रहेका सोही विद्यालयका पूर्व विद्यार्थी बसन्त जिसी, विवेक भट्टराई, विशेक भट्टराई, दिलबहादुर सुयल र सन्तबहादुर खड्काले विद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई ८१ हजार बराबरको खेलकुद पोशाक सहयोग गरेका हुन् ।

    आफूहरुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको सहयोगदाता बसन्त जिसीले बताए ।

    कार्यक्रममा वडाध्यक्ष दलबहादुर दुरा, विद्यालयका अध्यक्ष वीरबहादुर खड्का, प्रधानाध्यापक सुरेन्द्रबहादुर अधिकारीले सहयोगप्रति आभार व्यक्त गरे ।