दमाैली आगलागी : सांसद भण्डारीद्वारा निरीक्षण, पीडितलाई सहयोग गर्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली आगलागी : सांसद भण्डारीद्वारा निरीक्षण, पीडितलाई सहयोग गर्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बिहीबार

    दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा  तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको सदरमुकाम दमौलीको मेनचोक, फलफूल लाइनमा आईतबार राती भएको आगलागीले क्षतिको  स्थलगत निरीक्षण गरेका छन् । बिहीबार निरीक्षणको क्रममा सांसद भण्डारीले क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।

     आगलागी पीडितलाई सांसद भण्डारीले आफू पीडितको साथ रहेको र आगोले पसल जलेपनि मन नजलाउन आग्रह गरे। भण्डारीले भने, ‘तपाईहरुलाई परेको पिरमकालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गर्दछु ।’ तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सांसद भण्डारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र व्यास नगरपालिका लगायत जिल्ला स्थित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

    नयाँ सटरहरु निर्माण गरेर सबै व्यवसायीलाई सोही स्थानमा स्थापित गराउनु पर्ने भण्डारीले बताए । व्यवसायिलाई पेशाबाट विस्थापित हुन नदिन, सङ्घ सरकार समक्ष राहतको लागि कदम अगाडी बढाउने प्रतिबद्धता भण्डारीले गरेका थिए।