मुस्लिम सङ्घ तनहुँद्वारा मदर्साका विद्यार्थीलाई पोशाक वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुस्लिम सङ्घ तनहुँद्वारा मदर्साका विद्यार्थीलाई पोशाक वितरण

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    दमाैली । मुस्लिम सङ्घ तनहुँले स्थापना दिवसको अवसरमा व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालयमा पोशाक वितरण गरेको छ । १६ औं स्थापना दिवसको अवसरमा सङ्घले शुक्रबार विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल मुस्लिम सङ्घका पूर्व केन्द्रीय सचिव शेष महम्मद हनिफ (गोरा मियाँ)ले मुस्लिम सङ्घ राजनीतिसँगै सामाजिक काममा उत्तिकै सक्रिय हुनुपर्ने बताए ।

    सङ्घका जिल्ला अध्यक्ष नेक महम्मद मियाँले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विद्यालयमा अध्ययनरत ६० जनालाई पोशाक सहयोग गरिएको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक सत्तार मियाँले सहयोगप्रति आभार व्यक्त गरे ।