चेपाङ विद्यार्थीलाई गाउँपालिकाको अध्ययन खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चेपाङ विद्यार्थीलाई गाउँपालिकाको अध्ययन खर्च

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    दमौली । तनहुँको आँबुखैरेनीले चेपाङ विद्यार्थीलाई अध्ययन खर्च उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार चेपाङ जातिका विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउन अध्ययन खर्च बापतको रकम उपलब्ध गराएको हो । गाउँपालिकाले चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्मको अध्ययन खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

    आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत वडा नम्बर ५ का अमृत चेपाङ र कक्षा ९ मा अध्ययनरत सञ्जिव चेपाङलाई गाउँपािलकाले रु ६० हजार हस्तान्तरण गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आइतबार यहाँ आयोजित कार्यक्रममा दुवै विद्यार्थीका अभिभावकलाई उक्त रकम हस्तान्तरण गरेका छन् । वार्षिक रु ६० हजारमध्ये मासिक रु पाँच हजारका दरले साउनदेखि कात्तिकसम्म रु २० हजार पहिलो किस्ता बापत बुझिसकेको र मङ्सिरदेखि असारसम्मको बाँकी रु ४० हजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।

    लोपोन्मुख चेपाङ समुदायका बालबालिका तथा युवा युवतीलाई विद्यालय आउने वातावरण बनाउन गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको चुमानको भनाइ छ ।