बजेट वक्तव्य : चुँदीरम्घामा सप्तधामसहितकाे साहित्य उद्यान निर्माण गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजेट वक्तव्य : चुँदीरम्घामा सप्तधामसहितकाे साहित्य उद्यान निर्माण गरिने

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मस्थानमा सप्तधाम सहितको भानु साहित्य उद्यान निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै चुँदीरम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने उल्लेख गरेका छन् ।

    अर्थमन्त्रीले बजेट भाषणमा साहित्य उद्यानका लागि बजेट विनियोजन गरेको घोषणा गरेसँगै साहित्य उद्यानको कामले गति लिने भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरेका छन् ।

    साहित्य उद्यान निर्माण्का लागि चालु आर्थिक वर्षमा रु पाँच करोड बजेट प्राप्त भइ काम अगाडी बढेको छ । सरकारले आगामी बजेटमै यसका लागि बजेट विनियोजन गरेपछि कामले थप गति लिने त्रिपाठीको भनाइ छ ।