फुटबलमा महिला जनप्रतिनिधिलाई हराउँदै सुरक्षाकर्मीको समूह विजयी : बोका पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फुटबलमा महिला जनप्रतिनिधिलाई हराउँदै सुरक्षाकर्मीको समूह विजयी : बोका पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८१, बुधबार

    दमाैली । गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित फुटबल प्रतियोगितामा महिला सुरक्षाकर्मीको समूह विजयी भएको छ । व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा भएको खेलमा महिला जनप्रतिनिधिको समूहलाई पराजित गर्दै सुरक्षाकर्मीको समूह प्रथम भएको हो ।

    फाइनलमा सुरक्षाकर्मीको समूह २–० ले विजयी भएको थियो । विजयी भएको समूहले बोका पुरस्कार पाएको छ ।

    प्रतियोगितामा महिला कर्मचारी, महिला जनप्रतिनिधि र महिला सुरक्षाकर्मीको समूहको सहभागिता थियो ।

    विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका छन् ।