म्याग्देका वडाध्यक्षको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देका वडाध्यक्षको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने २६ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बुढाथोकीलाई आज इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आवश्यक सहयोगमा सर्लाहीको बागमती नगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    निज बुढाथोकीले श्रेष्ठको फेसबुक ह्याक गरी लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जर मार्फत् रकमको आवश्यकता परेको भन्दै म्यासेज गरेका दिए । निजले विश्वासमा लिइ इसेवामार्फत् विसं २०८१ वैशाख १९ गतेदेखि पटक पटक गरी रु एक लाख पठाउन लगाई ठगी गरेको भनी आकाश गुरुङले प्रहरीमा उजुरी दिएका थिए ।

    प्रहरीको अनुसन्धानपश्चात् रकम ठगी गर्ने व्यक्ति खोजतलास गर्ने क्रममा बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ । निजलाई तनहुँ अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरिएको छ ।